एमालेको बैजनाथ–१मा घरदैलो, वडाका बागीले छाडे मैदान

सदरलाइन संवाददाता २० बैशाख २०७९, मंगलवार १६:४३
 

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल, उपाध्यक्ष प्रेमपूर्ण योगी लगायतका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।

मंगलबार उनीहरुको टिम वडानं १ मा मतदातामाझ पुगेका छन । सो वडाबाट आधिकारिक उम्मेदवार बिरुद्ध बागि उम्मेदवार बनेका धनभक्त बुढाले एमालेको आधिकारिक उम्मेदवार रुपबहादुर मल्ललाई सघाउने भन्दै मैदान छाडेका छन ।


एमालेको जितको बिरासतलाई जोगाउने अभिभारा लिएका उम्मेदवारलाई मतदाताहरुले स्वागत कार्यक्रममा मतादाता माझ बोल्दै अध्यक्ष पदका उम्मेदवार खनालले आफ्नो जीवन बैजनाथ गाउँपालिकामा समर्पित रहेको बताए । ‘मेरो जीवन बैजनाथ र यहाँका जनताका लागि समर्पित छ । यहाँको विकासका लागि कुनै कसर बाँकी राख्दिन’– खनालले भने ।

मंगलवार उम्मेदवारहरु वडा १ मा घरदैलो गरेका थिए । त्यस्तै उक्त वडामा स्वतन्त्रबाट उम्मेदवार बनेका बुढाले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाउदै घरदैलोमा लागेका छन् । घरदैलोमा बोल्दै अध्यक्ष पदका उम्मेदवार खनालले समृद्ध बैजनाथ बनाउनका लागि अग्रसर हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा सुमनको महाअभियान–२० करोडको कोषमार्फत युवालाई स्वरोजगार बनाउने

२० बैशाख २०७९, मंगलवार १६:४३
खजुरा  :  नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले युवाहरुलाई स्वरोजगार बनाउन लोकप्रिय कार्यक्रम ल्याएका छन् ।  कार्यक्रम कार्यान्वयनको सुनिश्चिता गरिएको छ भने त्यसप्रति युवाहरुको चासो रहेको पाइएको छ । मल्लले २० करोडको युवा उद्यमी घुम्ती कोष बनाउने भएका छन् । त्यस कोषबाट २ हजार युवालाई स्वरोजगार […]