करेन्ट लागेर बसका सहचालकको मृत्यु

९ आश्विन २०७६, बिहीबार १७:५३
 

सदरलाइनडटकम,
नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कमा रहेको राजु ग्यारेजमा बसमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारी अनुसार राजु सुनार पट्टावालाले सञ्चालन गरेको सो ग्यारेजमा ना ६ ख ५३६४ नं. को बसमा वेल्डिङ्ग गर्दै गर्दा सोही बसका सहचलक स्याङ्गजा घर भई हाल कोहलपुर –१२ चपरगौढी बस्दै आएका वर्ष ३५ का ललित श्रेष्ठको मृत्यु भएको हो ।


दिउसो साढे ११ बजे करेन्ट लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसंघानको लागि एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

Next Post

‘बजारको माग अनुसार खसी–बोका पुराउन सक्षम छौ’

९ आश्विन २०७६, बिहीबार १७:५३
सदरलाइन /रुद्र सुवेदी नेपालगञ्ज  : बडा दशै नजिकिदै छ तर, दशैको मुखैमा बजारमा खसीबोकाको कृतिम अभावको देखाई भारतबाट खसीबोका भित्र्याउने चलखेललाई निरुत्साहित गर्न बाँके र बर्दियाका महिलाले पाँच हजार खसी–बोका काठमाडौं र अन्य सहरमा पठाउने भएका छन् । पछिल्लो समय मासुमा आत्म निर्भर बनाउने उद्देश्यले बाँके र बर्दियका गृहणि महिलाहरुले […]