दार्चुलाको यार्सा पाटनमा सुरक्षाकर्मी परिचालन

२१ जेष्ठ २०७६, मंगलवार १५:४४
 

सदरलाइनडटकम,
दार्चुला : दार्चुलाका यार्सा पाटनमा अनुगमनका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ । जेठ दोस्रो सातादेखि खुल्ला गरिएका जिल्लाका यार्सा पाटनहरुमा अुनगमनका लागि अपीनाम्पा संरक्षण क्षेत्रका कर्मचारी तथा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोली खटिएका छन् ।
यार्सा पाटनमा प्रवेश गरेको यार्सा संकलनहरुले परिचय पत्र लिए नलिएको बारे अनुगमन गर्न टोली परिचालन गरिएकोे अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए । अनुगमनसंगै यार्सा पाटनमा चोरी, डकैतीलगायतका विभिन्न अपराधिक गतिविधिहरु समेत हुने गरेकाले संरक्षण क्षेत्रको आग्रहमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली यार्सा पाटनामा खटाइएको हो ।
अपिहिमाल गाउँपालिकाको घुसा क्षेत्रका यार्सा पाटनमा सूचना अधिकारी राजु घिमिरेको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली खटिएको छ । यस्तै व्याँस क्षेत्रका यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका रेञ्जर मनोज अवस्थीको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
यस्तै खण्डेश्वरी र सितोलाको चाइमेटला लगायतका वन क्षेत्रका लागि दशदश जना नेपाल प्रहरीको टोली परिचालन गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षदेखि यार्सा पाटनमा जानेहरुका लागि दुर्घटना बीमाको पनि सुविधा गरिएको सूचना अधिकारी घिमिरेले बताए ।
यार्सा पाटनमा परिचय पत्रसहित गएका यार्सा संकलक, पाटनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, परिषद् व्यवस्थापन समिति पदाधिकारी तथा एक जना पत्रकार गरी जम्मा २० जनासम्मको दुर्घटना बीमाको सुविधा गरिएको छ । प्रति व्यक्ति १० लाखका दरले दुर्घटना बीमा सुविधा उपलब्ध गराइएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी घिमिरेको भनाई छ ।

Next Post

सुदूरपश्चिमद्वारा गण्डकी पराजित

२१ जेष्ठ २०७६, मंगलवार १५:४४
सदरलाइनडटकम, काठमाण्डौ : राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशललाई ४ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो । ९० रनको […]