थुनुवामाथि बलात्कारको आरोपमा कोहलपुरका असई पक्राउ

सदरलाइन संवाददाता १३ श्रावण २०७९, शुक्रबार १३:४४
 

नेपालगञ्ज : प्रहरी हिरसातमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा एक असई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं प्रहरी हिरासतमा रहेकी एक महिलालाई गएराति बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर सोधपुछ भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले बताए ।


बिहीवार राती दुई बजे असई चौलागाईंले ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए । बाँके प्रहरी प्रवक्ता डिएसी न्यौपानेका अनुसार हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन् ।

घटनाबारे बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी कोहलपुर इलाका प्रहरी पुगेर जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा बञ्चरो प्रहार गरी बुवाको हत्या

१३ श्रावण २०७९, शुक्रबार १३:४४
बैतडी : बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको शुक्रवार विहान हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार […]