सदरलाइनडटकम,
कैलाली : कैलालीमा दुई युवतीको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका ७ बेली बस्ने १९ वर्षीया गोमा बिक र चुरे गाउँपालिका घर भई हाल बेलीमा दिदीको घरमा बस्दै आएकी २३ वर्षीया करिश्मा राउतको बेली जंगलमा शव भेटिएको हो ।
उनीहरु जंगलमा लडेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । प्रहरी घट्नास्थल पुग्दा उनीहरुको मृत्यु भईसकेको थियो । घट्नास्थलमा सल्फास नामक विषादि भेटिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
