क्रिकेटर भण्डारी खतरामुक्त, कोहलपुरमा उपचार हुँदै

; २९ भाद्र २०७७, सोमबार ०८:५३
 

कोहलपुर (बाँके) : नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन । कञ्चनपुरमा आइतवार राति दुर्घटनामा परेर गम्भिर घाइते भएका भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति झलारी खडक खण्डमा भएको दुर्घटनाका कारण उनको खुट्टा र हात फ्याक्चर भएको छ । दुर्घटनापछि केहि घण्टा अचेत रहेका भण्डारीको निसर्ग अस्पतालमा सामान्य उपचारपछि मध्यराति नै कोहलपुर ल्याइएको हो ।


कोहलपुरमा गरिएको सिटी स्क्यानको रिपोर्ट भर्खरै आएको र टाउकोमा गम्भीर चोट नभएको भण्डारीको पारिवारिक श्रोतले बताएको छ ।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् ।

Next Post

राष्ट्रिय बाल दिवस सोमवार मनाईंदै

२९ भाद्र २०७७, सोमबार ०८:५३
नेपालगञ्ज : ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा सोमवार मनाईंदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको […]