शुक्रवार बाँकेमा ६० जना डिस्चार्ज

सदरलाइन संवाददाता २ आश्विन २०७७, शुक्रबार ०८:३६
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ६० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ९२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


श्रेष्ठका अनुसार बाँकेमा कोरोनाबाट निको हुने दर ७७ दशमलव १० प्रतिशत रहेको छ । अब आइसोलेशनमा ३ सय ४८ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ४६ जनामा कोरोना पुष्टि हुँदा ९ जनाको भने मृत्युु भइसकेको छ ।

Next Post

किशोरी सञ्जालका पदाधिकारीलाई उद्घोषण र साईबर सुरक्षा तालिम

२ आश्विन २०७७, शुक्रबार ०८:३६
नेपालगञ्ज : बाल विवाह रोकथामको लागि सक्रिय बाँकेका किशोरी क्लवहरुका पदाधिकारीहरुका लागि दुई दिने उद्घोषण सीप तथा साईबर सुरक्षाबारे तालिम खजुरा र जनाकी गाउपालिकामा सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा छुट्टाछुट्टै स्थानमा सम्पन्न सो तालिममा स्वास्थ्य सुरक्षा अपनाउदै खजुरमा १२ जना र […]