सुर्खेतमा काइनेटिक ढुंगासहित १ जना पक्राउ

सदरलाइन संवाददाता ९ श्रावण २०७९, सोमबार १४:२५
 

सुर्खेत : सुर्खेतमा अवैध खनिज काइनेटिक ढुंगासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१६ क्वीन्टल काइनेटिक ढुंगासहित वीरेन्द्रनगर नगरपालिका ११ समावेशी टोलबाट ३२ वर्षका दीपक बस्नेत पक्राउ परेका हुन् ।


उनको घरमा प्रहरीले आइतबार खानतलासी गरेको थियो । त्यसक्रममा १६ क्वीन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोश्रो सोमवारका दिन बागेश्वरी मन्दिरमा भक्तजनको घुइचो

९ श्रावण २०७९, सोमबार १४:२५
नेपालगञ्ज : साउनको दोस्रो सोमवार पनि नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनको घुइचो लाग्यो । साउनको पहिलो सोमवार ९ गते सयौं भक्तजनले बागेश्वरी मन्दिरको शिवालयमा पूजा आराधना गरेका थिए । बागेश्वरी मन्दिरमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको थियो । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र […]