देशभर ३१ सय ६ संक्रमित थपिए, २३ को मृत्यु

सदरलाइन संवाददाता १६ श्रावण २०७८, शनिबार १६:५६
 

काठमाण्डौ : शनिबार देशभर ३ हजार एक सय ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय ६३ जनाको पिसिआर गर्दा २२ सय ८० र ४२ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जना गरी ३१ सय ६ जना नयाँ संक्रमित भेटिएका हुन् ।


यस्तै, शनिवार थप २३ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ८५७ जनाले संक्रमणबाटै ज्यान गुमाएका छन् । शनिवार १९ सय १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन भने हाल नेपालमा संक्रमणमुक्त हुने दर ९४ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसएसबीले तुइन काटेको घटनाप्रति प्रशासनको प्रतिक्रिया

१६ श्रावण २०७८, शनिबार १६:५६
धनगढी : दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया दिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको जनाएको हो । ‘एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना–समाचारप्रति […]