पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

सदरलाइन संवाददाता ९ श्रावण २०७९, सोमबार १४:१२
 

नेपालगञ्ज : पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २५२६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालले जानकारी दिए । उनका अनुसार ६५ वर्षकी नैना विष्ट घाइते भएकी छन् ।


उनको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । आइतवार राती अन्दाजी १ बजे आएको पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेनदेन मुद्दामा फरार एक महिला पक्राउ

९ श्रावण २०७९, सोमबार १४:१२
नेपालगञ्ज : लेनदेन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. २ बस्ने ४० वर्षीया रमा भंगी रहेकी छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । बाँके जिल्ला अदालतको गएको पुष १२ गतेको फैसलाले भंगीलाई लेनदेन मुद्दामा ३ महिना […]