सदरलाइनडटकम,
कपिलवस्तु : भारतको दिल्लीमा अलपत्र परेकी ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्ज नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्याइदिने भन्दै भारतको परारी जोर्दा भन्ने ठाउँमा पुर्याइएको थियो ।
शान्ति पुनस्र्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल ल्याइएको छ । मोरङका चार, झापा र पर्वतका एक–एक जना महिलालाई उद्धार गरिएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।
महिलाहरुलाई कुबेत र इरानमा निःशुल्क पठाइदिने भन्दै भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा उनीहरुको खोजतलाश गरिएको थियो ।
