तथ्यहिन समाचार सम्प्रेषण नगर्न पुनको आग्रह

सदरलाइन संवाददाता २३ भाद्र २०८०, शनिबार १३:४८
 

स्वर्गद्वारी (प्युठान) : नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । प्युठानको स्वर्गद्वारीमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको विस्तारित वैठकलाई सम्बोधन गर्दै सभापति पुनले भ्रम सिर्जना गर्ने गरी तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गरे । जिम्मेवार पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा हिंड्न सहयोग पुग्ने पुनको भनाई छ ।

उनले पार्टी र प्रेस युनियनबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने भन्दै एकले अर्कोलाई भरथेग गर्नुपर्नेमा जोड दिए । सभापति पुनले लुम्बिनीमा पार्टीले प्रेस युनियनसंग समन्वय गरेर अगाडि बढ्ने बताए । सबै जिल्लामा परिपत्र गरेर युनियनसंग समन्वय गरी अगाडि बढ्न निर्देशन दिने पुनको भनाई छ । उनले पार्टीलाई मिडियामैत्री बनाउँदै अगाडि बढ्न पर्यत्न गरिरहेको भन्दै प्रदेश र सबै जिल्लाहरुमा प्रेस सल्लाहकार राख्ने बताए । कांग्रेस बाँकेले प्रेस सल्लाहकार राखेर राम्रो कामको शुरुवात गरेको पुनको भनाई छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि युनियनसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै पुनले पार्टीले यसमा भूमिका खेल्ने बताए ।


विस्तारित वैठकलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर भण्डारी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले सम्बोधन गर्दै पार्टी र युनियनबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । वैठकमा युनियनका सबै जिल्ला अध्यक्षहरुले पार्टी र युनियनबीचको अन्तरसम्बन्ध, पार्टीसंगको अपेक्षा र विद्यमान ग्यापका विषयमा बोलेका थिए ।

वैठकको अध्यक्षता गरेका नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले लुम्बिनीमा युनियनलाई पार्टीसंग जोड्दै समन्वय र सहकार्यका लागि काम गर्ने बताए । प्युठान शाखा अध्यक्ष मधुसुदन भण्डारीले स्वागत मन्तव्य ब्यक्त गरेको वैठकको सञ्चालन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले गरेका थिए थियो । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने प्रदेश भेला शुक्रबारदेखि स्वर्गद्वारीमा शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादीबाट निर्वाचित जनप्रतिनिधी जनश्रमदानमा खटिए

२३ भाद्र २०८०, शनिबार १३:४८
खजुरा (बाँके) : सत्तारुढ माओवादीले देशब्यापीरुपमा घरघरमा माअ‍ेवादी जनजनमा माओवादी अभियान चलाईरहँदा बाँकेको खजुरा गाँउपालिकामा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि जनश्रमदानमा जुटेका छन् । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान) जनता संग माओवादी विशेष रूपान्तरण कार्यक्रमअन्तर्गत शनिबार दिनभरी जनश्रमदानमा जुटेका हुन् । जनतासंग माओवादी विशेष रूपान्तरण ३ महिने बिशेष […]