मुलुक कांंग्रेसकै नीति अनुसार सञ्चालित छ : उपसभापति खड्का

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १७:५५
 

काठमाडौँ, : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीति अनुसार सञ्चालित भएको बताएका छन । नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।

उनले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरुमा थप ठूलो आशा र भरोसा जाग्ने गरि अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिए । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिका बीच खटपट हुने नदिने गरि काम गर्नु पर्नेमा जोड दिए ।

जनप्रतिनिधि र पार्टी पति मेलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बीचमा जान थप सहज हुने उनको भनाइ थियो । उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे ।


उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढन नेता तथा कार्यकर्तालाई सुझाव दिए । उनले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिए ।

२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उनको भनाइ थियो । उनले पार्टी सुधार र रुपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शितलहर बढेपछि वन कार्यालयद्वारा दाउरा वितरण

६ माघ २०८०, शनिबार १७:५५
नेपालगञ्ज : बाँकेमा पछिल्ला केही दिनदेखि शितलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ । चिसोबाट स्थानीयलाई जोगाउन विभिन्न स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले दाउराको माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयअन्तर्गतको जिल्ला वन पैदावर आपूर्ति समिति बाँकेले विभिन्न स्थानीय तह (पालिका), […]