अफगानिस्तानमा डेढसय जना अपहरित

४ भाद्र २०७५, सोमबार १६:४६
 

सदरलाइनडटकम,
काठमाण्डौ : तालिबानी आतंककारी समूहले अफगानिस्तानमा यात्रु सवार तीनवटा बस सोमवार अपहरण गरेको छ । उत्तरी प्रान्त कुन्दुजको खान अबादमा आतकंकारीले अपहरण गरेको बसमा करीब डेढसय बढी यात्री सवार रहेको त्यहाँका गभर्नर हयातुल्ललाह आमिरीले समाचार एजेन्सीहरुलाई बताएका छन् ।
स्थानीय समयानुसार बिहान ४ बजे अपहरण गरिएको बसमा चढेका स्थानीयहरुलाई मुक्त गराउन त्यहाँको सुरक्षाफौजले कारबाही शुरु गरेको छ । अफगानिस्तानी राष्ट्रपति मोहमद असरफ घानीले एकतर्फी घोषणा गरेको युद्धविरामलगत्तै यति ठूलो व्यक्तिको अपहरण भएको हो । ईस्लाम धर्मावलम्बीको महान चाड बकरा–ईदका अवसरमा राष्ट्रपति घानीले घोषणा गरेको युद्धविराम सोमवारदेखिनै कार्यान्वय गरिने कार्यक्रम थियो ।


एजेन्सीको सहयोगमा/तस्बिर ईमेजखबर

Next Post

काँग्रेसकै नेताद्वारा कुटिए नेविसंघका काबा अध्यक्ष देवकोटा

४ भाद्र २०७५, सोमबार १६:४६
सदरलाइन / यदुराज मिश्र नेपालगन्ज : नेपाली काँग्रेसकै नेताद्वारा एकजना नेविसंघका नेता कुटिएका छन् । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश देवकोटा कुटिएका हुन् । नेपाली काँग्रेस बाँकेका नेता एवम् पूर्वसांसद मैकुलाल बाल्मिकीले आफुमाथि कुटपीट गरेको पीडितले बताएका छन् । बिद्यार्थीहरुले परीक्षा दिन नपाएको विरोधमा केहि दिनअघि नेपाली काँग्रेसको […]