ब्राउन सुगरसहित दाङमा चारजना पक्राउ

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १४:५३
 

दाङ : ब्राउन सुगरसहित दाङको तुलसीपुरबाट चार युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ६ स्थित शिवा शिखर कोलनी टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले विहीबार राती उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।


उनीहरूको साथबाट ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ । साथै नगद २३ हजार पनि बरामद भएको छ । पक्राउ परेका युवामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा अवैध भरुवा बन्दुक बरामद

६ श्रावण २०७९, शुक्रबार १४:५३
बर्दिया : बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एक थान भरुवाबन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो । बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।