यसवर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई

सदरलाइन संवाददाता ३ श्रावण २०८१, बिहीबार १२:४३
 

काठमाडौं : यसवर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले सो घोषणा गरेको हो ।

सो अवार्डले नेपाललाई विश्वभरका क्रिकेट फ्यानसँग जोडिने थप आधार बनेको  नेपाल  क्रिकेट  एसोसिएसनले जनाएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । ‘यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको ओलीले उल्लेख गर्दै लेख्छन–‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेल प्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कस्तुरी विनासहित हुम्लामा एक जना पक्राउ

३ श्रावण २०८१, बिहीबार १२:४३
नरजंग तामाङ्ग हुम्ला  :  कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नाम्खा गाउँपालिका–२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका–६ स्थित तामाङको घरबाट ३ सय ४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको हो । उनी दिल्ली हुँदै साउन १ […]

सम्बन्धित