सदरलाइनडटकम,
काठमाण्डौ : प्रदेश २ को सप्तरीमा पनि थप एकजना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै आज मात्रै संक्रमितको संख्या ११ ले थपिएको छ । असअघि, कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । ३३ जना भने निको भएर घर फर्किसकेका छन् ।
