पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’को बृत्तचित्र सार्वजनिक

सदरलाइन संवाददाता ३ श्रावण २०७९, मंगलवार १५:३१
 

नेपालगञ्ज : नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार स्व. पन्नालाल गुप्त चाचाजीका बारेमा पत्रकार सन्तोष रेग्मीले बनाएको बृत्तचित्र चाचाजी युट्युबमा सार्वजनिक भएको छ ।

पत्रकार रेग्मीको लेखन–निर्देशन एवं निर्माण चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो ।


चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकका धाक, धम्की र शारीरिक मानसिक यातनाबाट रत्तिभर विचलित नभई पत्रकारिताको धर्म निर्वाह गर्न अघि बढ्ने अविराम यात्री हुन् ।

प्रजातन्त्रले मात्र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न सक्छ भन्नेमा स्पष्ट रहेका उनी प्रजातन्त्र पुनस्र्थापनापछि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक सद्भावका लागि विभिन्न धर्मका धर्मगुरुद्वारा सामुहिक अपिल

३ श्रावण २०७९, मंगलवार १५:३१
नेपालगञ्ज :  बाँकेका विभिन्न धर्मका धर्मगुरुहरुले समाजमा कायम रहेको विभिन्न धार्मिक आस्था, आपसी सद्भाव र भाईचाराको सम्बन्धमा बाधा अड्चन नर्गन नगराउनको लागि सार्वजनिक अपिल गरेका छन् । अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चको तर्फबाट मंगलबार ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, […]