कात्तिक १८ गते आइतबार ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत

सदरलाइन संवाददाता १२ कार्तिक २०८१, सोमबार १९:०९
 

काठमाडौ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनु पर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ ।


यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैन’

१२ कार्तिक २०८१, सोमबार १९:०९
दाङ  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुबर्षिय र क्रमागत  आयोजनाको  भुक्तानीमा  समस्या नभएको  बताएका  छन् । नेपाल निर्माण व्यवसायी  महासंघका  प्रतिनिधिहरुसंग  सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिदै सो कुरा बताएका हुन । संघीय सरकारले वित्तिय समानिकरण अनुदान नपठाउदा प्रदेशमा […]