थपिए नेकपाको केन्द्रीय सदस्य

६ जेष्ठ २०७५, आईतवार १३:४९
 

सदरलाइनडटकम
६ जेष्ठ,नेपालगन्ज :  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् ।
नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो । एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए । ४१ जना थप्नुपर्नेमा तत्कालीन केन्द्रीय कमिटीका राधाकृष्ण मैनालीसहित केही सदस्यलाई बिदा दिएको स्रोतले जनाएको छ ।
तत्कालीन स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा ओली र नेपाललाई दिएको थियो । दुवै नेताले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सचिव र युवा नेताबाट नाम तय गरेका हुन् ।
थपिने केन्द्रीय सदस्यको सूची औपचारिक रुपमा सार्वजनिक भएको छ । तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनु पर्नेमा ४५ जनाको नाम तय भएको स्रोतले जनाएको छ । नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.युवराज खतिवडा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् ।
युवा नेताहरुबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।

तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली पनि केन्द्रीय कमिटीमा पुगेका छन् । शीर्ष नेताले नाम टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक गरिएको छैन । नेकपाका महासचिव विष्णु पौडेलले चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने प्रतिक्रिया दिए ।

अनौपचारिक सूची

१. खगराज अधिकारी
२. गोकुल बाँस्कोटा
३. महेश बस्नेत
४. विष्णु रिजाल
५. नरुलाल चौधरी
६. डोरमणि पौडेल
७. तीलकुमार मेन्याङ्बो
८. राजेन्द्र गौतम
९. आनन्द पोखरेल
१०. कैलाश ढुंगेल
११. गुरुप्रसाद बराल
१२. डा.युवराज खतिवडा
१३. बलराम बाँस्कोटा
१४. केशवलाल श्रेष्ठ
१५. रामेश्वर फुयाल
१६. कृष्ण राई
१७ वसन्त मानन्धर
१८. निरज आचार्य
१९. दयालबहादुर शाही
२०. रवीन्द्र अधिकारी (नवलपुर)
२१. विनोद ढकाल
२२. महेश रेग्मी
२३. भानुभक्त जोशी
२४. गौरी ओली
२५. समिम मिया अन्सारी
२६. प्रमोदनारायण यादव
२७. दीलकुमारी पन्त
२८. लीला भण्डारी
२९. अइन्द्रसुन्दर नेम्वाङ
३०. साध्यबहादुर भण्डारी
३१. चन्द्रबहादुर शाही
३२. देवेन्द्र दाहाल
३३. अच्युत मैनाली
३४. देवी ज्ञवाली
३५. रामेश्वर रानामगर
३६. नरेश खरेल

३७. विनोद श्रेष्ठ

३८. श्रीनाथ रावल


३९. एकबहादुर राना

४०. लक्ष्मण ज्ञवाली

४२. सारदा सुवेदी

४३. विमला घिमिरे

४४. गोविन्दविक्रम शाह

Next Post

नेपालगन्ज आउँदै गरेको बस सल्लीबजारमा दुर्घटना

६ जेष्ठ २०७५, आईतवार १३:४९
सदरलाइनडटकम ६ जेष्ठ,नेपालगन्ज :  नेपालगन्ज आउँदै गरेको एउटा बस आज आईतबार दिउँसो सल्यानको सल्लीबजारमा दुर्घटना भएको छ । रुकुमको चौरजहारीबाट नेपालगन्जका लागि छुटेको बागेश्वरी यातायातको ना. ३ ख ७८७२ नम्बरको बस सल्लीबजार नजिकै रहेको अम्रा भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय सल्लीले जानकारी दिएको छ । बस दुर्घटना भएको ठाउँ […]