सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएको स्वीकार्दै बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए । उनले मालपोत प्रमुख ऐडीसँग सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको जानकारी दिए ।
अहिलेसम्म मुद्दा दर्ता नभएको भन्दै चन्दले घटनाबारे सोधपुछका लागि महिलालाई पनि नियन्त्रणमा लिएको बताए ।
