सामाजिक सद्भावका लागि विभिन्न धर्मका धर्मगुरुद्वारा सामुहिक अपिल

सदरलाइन संवाददाता ३ श्रावण २०७९, मंगलवार १९:३५
 

नेपालगञ्ज :  बाँकेका विभिन्न धर्मका धर्मगुरुहरुले समाजमा कायम रहेको विभिन्न धार्मिक आस्था, आपसी सद्भाव र भाईचाराको सम्बन्धमा बाधा अड्चन नर्गन नगराउनको लागि सार्वजनिक अपिल गरेका छन् ।

अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चको तर्फबाट मंगलबार ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, ईसाई धर्मगुरु डम्बरबहादुर थापाद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सो अपिल गरेका हुन ।


सो विज्ञप्तीमा ‘मठ, मन्दिर, चर्च, मस्जिद, गुम्बा आस्थाका धरोहर हुन यहाँ पबित्र मनले प्राथाना, पूजा बाहेक अरु वेविचार रुपी प्रर्दशन वा कुनै संघ संस्था व्यक्तिको आफ्नो शक्ति प्रदशन हेतु भिडभाड गरी पवित्र स्थानमा डर त्रासको बाताबरण सृजना गरी परम्परामा खलल गर्ने अधिकार कसैलाई नभएको यसको मर्यादा बचाई राख्न श्रद्धालु भक्तजनलाई हार्दिक अनुरोध गरिन्छ’ उल्लेख गरिएको छ ।

हिन्दू, ईस्लाम र ईसाई धर्मका धर्मगुरुहरुद्वारा जारी गरेको सो विज्ञप्तीमा अगाडि भनिएको छ, ‘कही कतैबाट धार्मिक भावना वा आस्थामा खलल पुग्ने कार्य गरेको पाईएमा कानुन सम्मत कारवाही हुने समेत जानकारी गराउछौ ।’ समाजलाई धर्म र आस्थाले एकशुत्रमा बाँधेका कारण सामाजिक सद्भाव कायम गर्न सकिएको उनीहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कारको आरोपमा बर्दियामा एकजना पक्राउ

३ श्रावण २०७९, मंगलवार १९:३५
बर्दिया : नाबालिकालाई जबरजस्ती बलात्कार गरी फरार रहेका एक जना पक्राउ परेका छन् । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १२ वस्ने वर्ष अन्दाजी ४० को श्रीराम चमार पक्राउ परेका हुन् । ६ वर्षीया नाबालिकालार्ई जबरजस्ती बलात्कार गरेको चमारमाथि आरोप छ । प्रहरीका अनुसार, उनले गत चैत्र १५ गते ६ […]

ताजा अपडेट