आइतवार साउने संक्रान्ति मनाईंदै

सदरलाइन संवाददाता १ श्रावण २०७९, आईतवार १६:०२
 

नेपालगञ्ज : आइतवार साउने सङ्क्रान्ति स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाईंदैछ ।

सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । यस्तै, आइतवार बेलुका लुतो पनि फाल्ने गरिन्छ ।


असार महिनाभर कृषि कर्म गर्दा हिलो मैलोले लाग्ने छालासम्बन्धि रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतम बताउछन् । परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो फाल्ने चलन छ ।

लुतो फाल्दा आ–आफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । यस्तै, साउन महिनालाई विशेष रुपमा भगवान शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरा लगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।
साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्छ । साउन महिना शिवजीको र सोमवारलाई शिवको वार भनिन्छ । यसैले साउन महिना एवम् सोमवार शिवालयमा भक्तजनको भीड लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क

१ श्रावण २०७९, आईतवार १६:०२
नेपालगञ्ज : आइतवारदेखि लुम्बिनी प्रदेशअन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने […]

सम्बन्धित