पौडीमा आर्मी तीन स्वर्णसहित अग्रस्थानमा

८ बैशाख २०७६, आईतवार १४:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा आइतवार भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लव तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले एक स्वर्ण हात पारेका छ ।
महिला ८ सय मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरि त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारे । उक्त विधामा नेपाल पुलिस क्वलका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् ।
त्यसैगरि, पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक हात पारे । भने, एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे ।
यसैगरि, महिला २ सय मिटर बटरप्mलाई प्रतियोगितामा त्रिभुवन आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफ क्लवकी श्रीवि महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्यमा चित्त बुझाइन् ।
पुरुष २ सय मिटर बटरफ्लाई पौडी प्रतियोगितामा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते । उनले २ मिनेट २० सेकन्डमा दूरी पार गरे । भने, २ मिनेट २३ सेकन्डमा दूरी पार गरि एनआरएनका नथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिस क्लवका सैयद हमजा शाहले कास्य पदक जिते । बेलुकी ४ बजे अन्य स्पर्धाको फाइनल खेल हुने भएको छ ।

Next Post

पुरुष क्रिकेटमा आर्मीका आलमको नयाँ कीर्तिमान

८ बैशाख २०७६, आईतवार १४:३५
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत कोहलपुरमा जारी पुरुष क्रिकेट प्रतियोगिताको चौथौं दिन आइतवार त्रिभुवन आर्मी क्लवका सहाव आलमले नयाँ रेकर्ड कायम गरेका छन् । प्रदेश ३ का विरुद्ध मैदानमा उत्रिएको त्रिभुवन आर्मी क्लवका बलर आलमले ४ ओभरमा २ रन खर्चिदै ६ विकेट लिए । यो प्रतियोगिताअन्तर्गत हालसम्मकै उत्कृष्ट वलिङ […]