नेपालगञ्जको न्यूरोडमा रहेको जिबि कलेक्सनमा आगलागी

६ पुष २०७५, शुक्रबार ०७:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडको पसलमा बिहीबार राती आगलागी भएको छ । राती नौं बजेतिर आगलागी हँँुदा जिबी कलेक्सनमा पूर्ण र सपना सपिङ्गमा सामान्य क्षति पुगेको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्का ईन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले आगो जिवि कलेक्सनबाट शुरु भएको आगो सपना सपिगंमा समेत सरेको जानकारी दिए । आगोले जिवि कलेक्सनमा पूर्ण क्षति पुराएको छ भने सपना सपिङ्गमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
दमकल, स्थानीय र प्रहरीको सहभागितामा आगो नियन्त्रणमा लिएको कारण सोही घरमा रहेको नेपाल बैंक लिमिटेडको कार्यालयमा जोगिएको छ । सटर बन्द गरेको अवस्थामा आगलागिको कारण विद्युट सर्ट भएर वा अगरबत्ति बालेको कारण हुनसक्ने आशंका गरिएको छ ।

Next Post

दृष्टिबिहीन बालबालिकालाई मन्त्री राईको न्यानो उपहार

६ पुष २०७५, शुक्रबार ०७:२९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके नेत्रहीन संघका दृष्टिबिहीन बालबालिकालाई शहरी विकास मन्त्री मो. इश्तियाक राईले न्यानो कपडा प्रदान गरेका छन् । संघको कार्यालयमै गई मन्त्री राईले दृष्टिबिहीन बालबालिकाका लागि ४९ थान न्यानो कपडा प्रदान गरेका हुन् । शुक्रवार बालबालिकालाई कपडा प्रदान गर्दै मन्त्री राईले दृष्टिबिहीन बालबालिकालाई थोरै भएपनि सहयोग गर्न पाउँदा हर्षित […]