नरैनापुर गाँउपालिकामा समाजिक सद्भाव बारे स्थानीयबीच सम्बाद

१ मंसिर २०७४, शुक्रबार २२:०९
 

सदरलाइनडटकम
१ मंसिर, नेपालगन्ज : एक समुदायले अर्को समुदायको सम्मान र अस्तित्वलाई ध्यान राख्न सक्दा मात्र बाँकेको नरैनापुर गाँउपालिकाका स्थानीय बासिन्दाहरुका बीचमा सामाजिक सद्भावको भावना विकसित हुदै आएको पाईएको छ । यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा बाँकेको मटेहियामा शुक्रबार आयोजित संचारकर्मी र स्थानीयबिचको छलफल कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन । उनीहरुले एकले अर्कालाई स्वीकार्दा मात्र पनि आपसमा सौहार्दता र भाईचारा विकास हुने दाबी समेत गरे ।
नरैनापुर गाँउपालिका वडा नं. ५ मटेहियाका अध्यक्ष कृष्णचन्द्र मौर्यले बासले सामाजिक सद्भाव बढाउनको लागि संञ्चालन गरेका कार्यक्रम निकै प्रभावकारी भएको बताए । उनले गत वर्ष सानो कुराले गर्दा दुई समुदायबीच भएको झडपले आफुहरुलाई निक्कै दुखि बनाएको बताए ।
उनले बासले गरेको सहजिकरणमा स्थानीयस्तरमा प्रहरी, निर्वाचित जनप्रतिनिधि तथा आमनागरिकहरु लक्षीत कार्यक्रमले यसको प्रभाव राम्रो भएको आफुले पाएको दाबी गरे । यसैगरी नरैनापुर गाउपालिका वडा नं. ३ कालाफाँटाका अध्यक्ष राजकुमार मौर्यले निरन्तरको अभिमुखिकरण र भेटघाटले सामाजिक सदभावमा सुधार आएको बताएका थिए ।
स्थानीयसँग सामाजिक सदभावका बिषयमा गरिएको छलफलमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुवेदी, नेपाल टेलिभिजनका कृष्ण अधिकारी, नयाँ पत्रिकाका बिश्वराज पछल्डङग्या, नागरिक पश्चिमेलीका अर्जुन वली र रेडियो सद्भावका बिरेन्द्र जैसीको उपस्थिती रहेको थियो । उनीहरुले सामाजिक सदभावका लागि भएका अभ्यासहरु तथा त्यसको प्रभावकारीताका बिषयमा स्थानीयहरुसँग छलफल गरेका थिए ।
यसैगरी शुक्रबार नै नरैनापुर गाँउपालिकाको मटेहियामा सद्भाव भ्रमण गरिएको छ । बाँकेको बिनौना र बैजापुरका सुचना अधिकार संजालका पदाधिकारी तथा सामाजिक सदभाव समितिका पदाधिकारीहरु भ्रमणका लागि नरैनापुर गाँउपालिकाको मटेहिया पुगेका थिए ।
नरैनापुर गाँउपालिकाका कटकुईया, कालाफाँटा, नरैनापुर, लक्ष्मणपुर, मटेहिया र गंगापुरका सामाजिक सद्भाव समिति, सुचना अधिकार संजालका पदाधिकारीहरु तथा स्थानीय तहका पदाधिकारीहरुसँग बिनौना र बैजापुरमा सामाजिक सदभावका लागि भएका प्रयासहरुका बारेमा अनुभव आदान प्रदान गरेका थिए ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका अध्यक्ष मन भण्डारीले गरेको कार्यक्रममा ३० बढीको सहभागिता रहेको थियो । कार्यक्रम बासले युएनडिपिको सहयोगमा बाँकेको राप्तीपारि संचालित गर्दै आएको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तरगत सम्पन्न भएको हो ।


Next Post

कम्युनिष्ट अधिनायकबादबिरुद्ध लोकतन्त्रबादी एक हुनुपर्ने एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीको भनाई

१ मंसिर २०७४, शुक्रबार २२:०९
सदरलाइनडटकम   २ मंसिर, नेपालगन्ज : एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यतिबेला प्रजातन्त्र र लोकतन्त्रमा बिश्वास राख्ने सबैले मिलेर कम्युनिष्ट अधिनायकवादबाट देशलाई जोगाउन लाग्नुपर्ने बताएका छन । एकिकृत राप्रपा राष्ट्रवादी बाँकेले शनिवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बाम गठबन्धनको नाममा देशमा अधिनायकवाद लाद्ने षडयन्त्र भैरहेको […]