युनेस्कोद्धारा अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरण तालिम आयोजना

सदरलाइन संवाददाता २७ मंसिर २०७९, मंगलवार १२:३७
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले आफ्ना कार्यसमितका पदाधिकारी र सदस्य लगायतका लागि अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणसम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बाल विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत संस्थाको कार्यसमितिलाई अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणमा सहजता प्रदान गर्ने उद्देश्यले २ दिने तालिम सञ्चालन गरेको हो ।

यो तालिमले कार्यसमितका सबै पदाधिकारी र बोर्ड सदस्यहरुको अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणसम्बन्धी क्षमता बृद्धि हुने भएकोले यो तालिम निकै महत्वपुर्ण रहेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

क्लबका अध्यक्ष रवि कुमार तुलाधरका अनुसार यस तालिमको उद्देश्य संस्थाका कार्यकारी सदस्यहरू र वरिष्ठ अधिकारीहरूको क्षमता अभिवृद्धि गरेर उनीहरूलाई योजनाबद्ध र प्रभावकारी रूपमा आवधिक रूपमा आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्न र कार्यान्वयन गरिएका गतिविधिहरूको प्राप्त नतिजा सहित परियोजनाको सफलता र असफलताको मूल्याङ्कन गर्न सक्षम बनाउनु हो ।


सो तालिमको सहजिकरण प्लान इन्टरनेशनल नेपालका मोनिटरिङ इभ्यालुएसन रिसर्च एण्ड लर्निङ अधिकृत हसरत अलिले गरिरहेका छन् ।

तालिममा सहभागीहरूले उत्साहजनक सहभागिता जनाएको विषय बस्तुमा केन्द्रित रहेर व्यापक छलफल, समूह कार्य र प्रस्तुतीकरण गरेको तालिमका सहजकर्ता अलिले बताए ।

तालिमममा क्लबका विभिन्न वरिष्ठ कर्मचारीहरुको पनि सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

२७ मंसिर २०७९, मंगलवार १२:३७
दाङ : दाङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दंगीशरण गाउँपालिका–६ का १७ वर्षीय सुदीप चौधरीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दंगीशरण –३ बबई नदीको एकलीबाट ढुंगा बोकेर सिमठानातर्फ जाँदै गरेको रा १ ब ४५३३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ […]