लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क

सदरलाइन संवाददाता १ श्रावण २०७९, आईतवार १६:२०
 

नेपालगञ्ज : आइतवारदेखि लुम्बिनी प्रदेशअन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

यो घोषणा आइतवारदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिए ।


ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी आइतवारदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सरकारले बजेटमा निस्शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक बालबालिकाको मृगौला बचेको आरोपमा ५ जना पक्राउ

१ श्रावण २०७९, आईतवार १६:२०
काठमाण्डौ : सडक बालबालिकाको मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सडक बालबालिकालाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, […]