कोहलपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सदरलाइन संवाददाता ३० असार २०७९, बिहीबार १४:४०
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका ११ मा बुधबार साँझ बस र मोटरसाइकल आपसमा ठोकिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय राम बहादुर थापा रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।


भे १ क १२५ नम्बरको बस र भे ४ प ३२५३ नम्बरको मोटरसाइकल साँझ ६ बजे आपसमा ठोकिएका हुन् । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाको नयाँ भवन शिलान्यास

३० असार २०७९, बिहीबार १४:४०
नेपालगञ्ज : कोहलपुर नगरपालिकाको नयाँ अत्याधुनिक भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको शुक्रवार शिलान्यास गरिएको छ । विहान नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले शिलान्यास गरेका हुन् । २०८१ साल पौषसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको भवनको ठेक्का ज्वाइन्ट भेन्चरमा काम गरिरहेका एसोशिएट, जय भवानी […]

सम्बन्धित