बेपत्ताको सम्झनामा बर्दियामा स्तम्भ निर्माण

सदरलाइन संवाददाता २८ मंसिर २०८०, बिहीबार १४:२८
 

बर्दिया : बारबर्दिया नगरपालिका–१०स्थित कुम्भर अड्डाको ३५ हेक्टर क्षेत्रफलमा सशस्त्र द्वन्द्वका समयम बेपत्ता पारिएकाको सम्झनामा स्तम्भ निर्माण गरिएको छ । द्वन्द्वकालमा तात्कालीन सुरक्षाफौज र माओवादीबाट बेपत्ता पारिएका २ सय ५८ जनाको सम्झनामा स्तम्भसँगै स्मृति पार्क निर्माण गरिएको हो ।

बर्दियाका आठैवटा पालिकाको नाममा पार्क निर्माण गरिएको छ । २०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गतेसम्म द्वन्द्वका समयमा बेपत्ता पारिएकाको सम्झनामा पार्क निर्माण गरिएको स्मृति पार्कका अध्यक्ष निरञ्जनकुमार चौधरीले बताए ।


स्मृति स्तम्भ निर्माण भए पनि पार्कलगायत अन्य काम करिब ७० प्रतिशत काम हुन बाँकी रहेको उनले बताए । बेपत्ता पारिएका व्यक्तिले प्रयोग गरेका सामान संग्रहालयमा राख्न थालिएको पनि उनको भनाइ छ । पार्कमा फिकनिक स्थलसमेत निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दुई लाख बढीको अटोको पार्टपूर्जा बरामद

२८ मंसिर २०८०, बिहीबार १४:२८
नेपालगञ्ज : बाँकेमा अबैधरुपमा ल्याइएका २ लाख रुपैयाँ बढीको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो । करिब दुई लाख उन्नाइस हजार रुपैयाँ बराबरको सामान […]

सम्बन्धित