चार दिनदेखि हराएकी बालिकाको शव भेटियो

सदरलाइन संवाददाता २४ जेष्ठ २०७९, मंगलवार १३:१४
 

सुर्खेत : सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो ।

नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले नेपालीरैबारले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखी एकसय मिटरको दुरीमा मंगलवार विहान फेला परेको हो ।


आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खवर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।

घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया घटनाको छानबिन गर्न समिति गठन

२४ जेष्ठ २०७९, मंगलवार १३:१४
नेपालगञ्ज : गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ मा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा राष्ट्रिय […]