कोहलपुर नगरपालिकाको नयाँ भवन शिलान्यास

सदरलाइन संवाददाता ३१ असार २०७९, शुक्रबार १५:१४
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाको नयाँ अत्याधुनिक भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको शुक्रवार शिलान्यास गरिएको छ । विहान नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले शिलान्यास गरेका हुन् ।

२०८१ साल पौषसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको भवनको ठेक्का ज्वाइन्ट भेन्चरमा काम गरिरहेका एसोशिएट, जय भवानी र रन्जितकार जेभीले पारेका छन् । १५ करोड ३८ लाखको लागतमा नयाँ अत्याधुनिक भवन बन्नेछ ।


स्थानीय सरकारको ९ करोड र स्थानीय पूर्बाधार विकास विभागको ६ करोड अनुदान लागत साझेदारीमा साढे ५ तले अत्याधुनिक प्रशासकीय भवन निर्माण हुने नगर प्रमुख आचार्यले बताए ।

भवन अभावका कारण अहिले दैनिक प्रशासनिक काम कार्वाही गर्न अत्यन्तै कठिन भइरहेको नगर प्रमुख आचार्यले बताए । उक्त अत्याधुनिक भवन बने पश्चात् नगरपालिकाका सबै शाखाको कार्य त्यहीँबाट शुरु हुनेछ । नगर विकास समितिको भवन भएकै ठाउँमा कोहलपुर नगरपालिकाको भवन बन्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकल बस, म्याजिक आन्दोलित

३१ असार २०७९, शुक्रबार १५:१४
नेपालगञ्ज : कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक लोकल बस, म्याजिकले आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माइक्रोबस र म्याजिक ल्याएर नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडि शुक्रवार विहान साढे दुई घण्टासम्म सडकमा तेस्र्याए । नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु त्यहीबाट छुट्ने र एकपटक सबै त्यहाँ पुग्नै पर्ने नियम बनाइएको थियो । नेपालगञ्ज–कोहलपुर […]