भारतमा संक्रमण दर घट्दै

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार ११:५०
 

काठमाण्डौ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ । एक साताअघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या आइतबारको तुलनामा करिव ३० हजार कम हो । आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको थियो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ छ । निको हुनेको संख्या पनि त्यहाँ दैनिक बढ्दै गएको छ ।


पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४ हजार ९२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व उच्च रक्तचाप दिवस मनाईंदै

३ जेष्ठ २०७८, सोमबार ११:५०
काठमाण्डौ : सोमवार विश्व उच्च रक्तचाप दिवस । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर सोमवार उच्च रक्तचाप दिवस मनाइँदैछ । यस वर्षको विश्व उच्च रक्तचाप दिवसको नारा ’तपाईंको रक्तचाप सही मापन गर्नुहोस’ रहेको छ । यो दिवस सन् २००५ देखि मनाउन […]