गाडीको ठक्करबाट बाँकेमा दुईजना घाइते

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १४:५५
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । रोल्पा माडी गाउँपालिकाको रा १ झ १७६ नम्वरको सरकारी गाडीले भे ५ प ५३०८ नम्बर को मोटरसाइकललाई कोहलपुर पिपल चौतारा नजिकै ठक्कर दिएको थियो ।


ठक्करबाट मोटरसाइकल चालक नेपालगञ्ज–११ की १५ वर्षीया ममता ढकाल र पछाडी सवार १३ वर्षीय दीपक भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार गरिएको छ । चालक र गाडी भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अझै पारित हुनसकेन बढैयातालको बजेट

२७ असार २०७९, सोमबार १४:५५
नेपालगञ्ज : बढैयाताल गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत भएको १८ दिन बितिसक्दा पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधले बजेट पारित हुन सकेको छैन । निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठको कार्यकालमा करारमा नियुक्ति भएका कर्मचारीका विषयमा विवाद उठेपछि बजेट पारित हुन नसकेको पालिकाले जनाएको छ । यसअघिका पदाधिकारीले मनोमानी ढंगले दरबन्दी सिर्जना गरी […]