‘गहुँको बिउ ढुवानीको’ लागि लिएको पासमा नदीजन्य पदार्थ ओसार्दै

३० जेष्ठ २०७७, शुक्रबार १६:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : यतिबेला कोबिड–१९ को कारण बन्दाबन्दी छ । बन्दाबन्दीको बेलामा विभिन्न बाहानामा सावारी साधनले लिएको सवारी पासको दुरुपयोग हुने गरेको पाईएको छ ।

लकडाउको बेलामा हिड्नको लागि लिएको पासको दुरुपयोग गर्दै बाँकेको राप्तीनदिबाट नदिजन्य पदार्थ बोकेको टेक्टरमा ‘गहुँको बिउ ढुवानीको’ लागि लेखेर निर्बाध नदिजन्य पदार्थ बोकेर नेपालगञ्ज जाँदै गरेको भेटिएको छ ।


उसो त कृषि कार्यको लागि अनुदानमा लिईने टेक्टरको काम नै कृषिमा नभएर नदीजन्य पदार्थ ओसार्न बढी प्रयोग हुने गरेको छ । सम्बन्धित निकायले बिभिन्न ठाँउमा यसो चेकजाँच पनि गर्ने गरेको छ । तर, यस्तो भने हरेक दिनजसो निर्बाध हुदा पनि सम्बन्धित पक्षको ध्यान पुगेको छैन ।

 ‘गहुँको बिउ ढुवानीको’ लागि पास लिएका केही टेक्टरले धमाधम राप्ती नदीबाट नदीजन्य पदार्थ बोक्नको लागि प्रयोग हुँदा पास दिने निकायले अनुगमन गर्न आवश्यक छ । तस्बीर रुद्र सुवेदी / सदरलाइनडटकम

Next Post

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई सहयोग

३० जेष्ठ २०७७, शुक्रबार १६:३८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई नरैनापुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाह शुक्रवार मृतकको घर पुगेर परिवारलाई क्रिया खर्च वापत ५० हजार रुपैयाँको चेक प्रदान गरे । मृतक युवकका बुवा, आमा र श्रीमतीलाई उनले चेक हस्तान्तगरण गरे । हाल ५० […]