सगरमाथाको शिखरमा त्रिविका विद्यार्थीले झण्डा फहराउदै

१८ चैत्र २०७५, सोमबार १८:३९
 

सदरलाइनडटकम,
काठमाडौं : त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी दावा शेर्पा सगरमाथा चढने भएका छन् । सोलुखुम्वु जिल्लाको दुधकुण्ड नगरपालिका निवासी शेर्पा मानवशास्त्र केन्द्रीय विभागका थेसिस गरिरहेका विद्यार्थी हुन । उनले सगरमाथाको शिखर चुम्ने पहिलो विश्वविद्यालयको छात्रको रुपमा विश्व कीर्तिमान कायम राख्ने लक्ष्य राख्दै सगरमाथा चढ्न लागेका हुन ।
त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सम्मान गर्दै सफल रुपमा सगरमाथा आरोहणको शुभकामना व्यक्त गरे । उनले विश्वविद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्व किर्तिमान राख्न गइरहेका दावा शेर्पाको सफल आरोहणको कामना गर्दै विश्वविद्यालयको झण्डा सगरमाथामा फर्फराएर विश्वका त्रिविको सम्मान उच्च राख्न लागेकोमा धन्यवाद व्यक्त गरे ।
२०४२ साल जेठ १५ गते सोलुखुम्वुमा जन्मेका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न रहँदै आएका छन् । पर्वतारोहणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम समेत प्राप्त गरि सकेका उनले सानैदेखि हिमाल चढ्ने सौख रहेको बताए । उनको आरोहण मे ५ वाट विधिवत रुपमा शुरु हुनेछ । 

Next Post

तातो र चिसो हावाको वितण्डा, २७ को मृत्यु

१८ चैत्र २०७५, सोमबार १८:३९
सदरलाइनडटकम, काठमाण्डौ : बारा र पर्सामा हावाहुरीको वितण्डा मच्चिनुमा बंगलाबाट आएको तातो र भूमध्यसागरको चिसो हावाको मिलन मुख्य कारण रहेको विज्ञहरूले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा वितण्डा मच्चिएको हो । ‘भू–मध्य […]

सम्बन्धित