गौहत्या गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापन

१६ भाद्र २०७६, सोमबार ०८:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगन्ज उपमहानगरको काञ्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवाको जंगलको भिरबाट खसालेर मारेको भन्दै बाँकेमा रहेका ओमकार परिवार र आर्य समाजे विरोध र्याली सहित पाँचबुँदे ज्ञापनपत्र बुझाएको छन ।
गत शुक्रबार राती दैलेखको श्रीस्थानको जंगलमा लगेर छाड्ने भन्दै नेपालगन्जको पुरैनीमा रहेको काञ्जिहउसबाट २९१ गाई ८ वटा ट्रकमा लोडगरी लैजाने क्रममा ३४ वटा गाईको मृत्यु हुनुको साथै करिव सयको संख्यामा गाईहरु घाइते भएको भन्दै ओमकार परिवार र आर्य समाज बाँकेले स्थानीय बागेश्वरी मन्दीर परिसरबाट विरोध र्यालीको आयोजना गरेका थिए ।
जिल्ला प्रशासन कार्याल बाँकेमा पुगेर बुझाईएको ज्ञापन पत्रमा गौ हत्यामा संलग्नलाई कारवाही गर्नु पर्ने, लैजान आदेश दिने, ट्रकलाई भाडा तिर्ने तथा भिरबट खसाल्न आदेश दिनेलगायतको पत्ता लगाई उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग रहेको आर्य समाज बाँकेका अध्यक्ष राजुमान श्रेष्ठले जनकारी दिए ।
यसैबीच ज्ञापन पत्र बुझदै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजुेलले आफुले संबन्धित स्थानमा पठाई दिनुको साथै छानविन गरी दोषि पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Next Post

आज हरितालिका तीज धुमधामका साथ मनाईदै

१६ भाद्र २०७६, सोमबार ०८:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली हिन्दू महिलाहरुको लागि भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी देश बिदेशमा मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण यो पर्व मनाइने परम्परा रही आएको […]

सम्बन्धित