सदरलाइनडटकम,
दैलेख : करेन्ट लागेर दैलेखमा सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका ७ वर्षीय समीर रावत रहेका छन् । उनलाई बुधबार बिहान दश बजेतिर करेन्ट लागेको र उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । करेन्ट लाग्नुको कारण खुल्न नसकेको जिल्ला विद्युत् कार्यालय दैलेखका प्रमुख धीरेन्द्र बजगाईंले बताएका छन् ।
