अझै पारित हुनसकेन बढैयातालको बजेट

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १४:५९
 

नेपालगञ्ज : बढैयाताल गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत भएको १८ दिन बितिसक्दा पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधले बजेट पारित हुन सकेको छैन ।

निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठको कार्यकालमा करारमा नियुक्ति भएका कर्मचारीका विषयमा विवाद उठेपछि बजेट पारित हुन नसकेको पालिकाले जनाएको छ ।

यसअघिका पदाधिकारीले मनोमानी ढंगले दरबन्दी सिर्जना गरी नियुक्त गरेका कर्मचारी कटौती गर्नलाग्दा नीति तथा कार्यक्रम रोकिएको छ ।


माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष हिमालय त्रिपाठीले यसअघि एमाले सत्तामा रहँदा ४० जना करारका कर्मचारी नियुक्ति गरेको, स्थायी कर्मचारीलाई हाजिर हुन नदिएको करिब १ करोड ५० लाख रुपैयाँ बेरुजु भएकोले उनीहरूलाई हटाउनु पर्ने अडान लिएपछि बजेट पारित हुन नसकेको बताए ।

प्रतिपक्ष एमालेले करार कर्मचारीको नवीकरण गर्नुपर्ने दबाब दिएकोले नीति तथा कार्यक्रम पारित हुन नसकेको अध्यक्ष त्रिपाठीले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक मन्त्री विष्टलाई उपचारका लागि काठमाण्डौ लगियो

२७ असार २०७९, सोमबार १४:५९
नेपालगञ्ज : कर्णालीका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या देखिएको छ । रगतमा बोसोमा मात्रा अत्याधिक देखिएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ । अत्याधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार हवाईजहाजमार्फत काठमाडौं लगिएको हो । मन्त्री विष्टको उपचारमा संलग्न […]