पाँच नम्बर प्रदेशस्तरीय जुडो प्रतियागिता खजुरामा शुरु

१८ माघ २०७५, शुक्रबार १८:४४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : आठौं राष्ट्रीय खेलकुदलाई लक्षित गर्दै मंगोलियन जुडो क्लबले आयोजना गरेको प्रदेश नं ५ स्तरीय जुडो प्रतियागिताको उद्घाटन भएको छ । शान्ति नेपाल राष्ट्रीय प्रावि खजुराको मैदानमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अथिति तथा लायन्स क्लब ३२५ बि२ का गर्भनर शेम शाक्यले गरेका थिए ।
शाक्यले खेलाडीहरुलाई बेल्ट प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति शाक्यले लायन्स क्लब दिन दुःखी र गरीबको मानवीय सामाजिक सेवा गर्ने संसारको सर्वोत्कष्ट संस्थाको रुपमा प्रसिद्ध रहेको बताए । यो संस्थाले देवीय प्रकोपको अवस्थामा सवभन्दा पहिला राहत प्रदान गर्ने र तत्कालै उद्धार गर्ने गरेको भन्दै उनले यो क्लब संसारको २१२ वटा राष्ट्रमा रहेको जानकारी दिए ।
कार्यक्रमका विशिष्ठ अथिति उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेलाई खेलमय बनाउन र आठौं राष्ट्रीय खेलकुदको प्रचारप्रसार गर्न यो खेलको महत्वपूर्ण भुमिका रहने विश्वास व्यक्त गरे । उनले आवश्यक परेको खण्डमा उद्योग बाणिज्य संघ सहयोगका लागि संधै तयार रहेको जानकारी दिए । देवराज बुढा निर्णायक रहेको प्रतियोगितामा मंगोलियन जुडो क्लब खजुरा बाँकेका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा थियो ।
राष्ट्रवादी विकाशसिल अभियान नेपालको सह–प्रायोजनमा शुरु भएको प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र र ट्रफि प्रदान गरिने छ । १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन कार्यक्रममा जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ, राष्ट्रवादी विकाशसिल अभियान नेपालका केन्द्रीय सदस्य अशोक थापा मगर, शान्ति नेपाल राष्ट्रीय प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगिरथ सुनार, लायन्स क्लब अफ नेपालगञ्ज सेन्ट्रलका अध्यक्ष युवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

Next Post

नेपाली चिकित्सक क्यान्सर पत्ता लगाउन सक्षम छन्

१८ माघ २०७५, शुक्रबार १८:४४
सदरलाइन  /रुद्र सुवेदी , नेपालगञ्ज   : क्यान्सरका विरामी पत्ता लगाउनको लागि नेपाली चिकित्सक नै सक्षम रहेको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । नेपाल क्यान्सर अस्पताल एण्ड रिर्सच सेन्टर प्रालि हरिसिद्धी ललितपुरले नेपाल चिकित्सक संघ भेरी र नेपालगञ्ज मेडिकल कलेजसंगको सहकार्यमा नेपालगञ्जमा आयोजित ‘नेपालमा क्यान्सरकोे उपचारमा बहुविषयक संगै नयाँ प्रविधिको […]

सम्बन्धित