बालयौन दुराचार मुद्दाका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १४:१८
 

नेपालगञ्ज : बालयौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्लाको डुडुवा गाउँपालिका वडा नंं.४ का ३३ वर्षीय अनिस नाउ रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।


नाउमाथि बाँके जिल्ला अदालतको फैसलाले बाल यौन दुराचार मुद्दामा ३ महिना ८ दिन कैद सजाए तोकिएको थियो । उनी यसअघिसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नाउलाई पक्राउ गरी सोमबारनै बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारको ठक्करबाट दाङमा एकजनाको मृत्यु

२७ असार २०७९, सोमबार १४:१८
नेपालगञ्ज : दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौरा चोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ […]

सम्बन्धित