एबरोल टीएमटी लुम्बिनी यात्रीज विजयी

४ बैशाख २०७५, मंगलवार २०:१३
 

सदरलाइनडटकम
४ बैशाख, कोहलपुर (बाँके)  : कोहलपुरको क्रिकेट मैदानमा जारी ‘नेपालगन्ज कप’को मंगलवारको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले जिसान बांँके ब्लास्टरलाई ६ विकेटले पछाडि पार्दै जित हासिल गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा टस जितेर एबरोल टिएमटी लुम्बिनी यात्रीजले फिल्डिंग रोजेको थियो । पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांँके ब्लास्टरको कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदिप नेपाली र अख्तर हुसैनले १३–१३ रन बनाएका थिए ।
छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाडंले भने आक्रमक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए । जस्मा ८ वटा छक्का र एउटा चौका प्रहार गरेका थिए । निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै जिसान बांके ब्लास्टरले १३८ रन बनाएको थियो ।
एबरोल टीएमटी लुम्बिनी यात्रीजका लागि सुनिल सुनार, बासिर एहमद र निजामुद्दिन हल्वाईले २–२ विकेट लिन सफल भए ।
१३९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टीएमटी लुम्बिनी यात्रीजले ७ बल अगाडि विजय प्राप्त गरेका थिए । जस्का लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाएका थिए । जिसान बांके ब्लास्टरका लागि गोपाल सिंहले २ विकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका एबरोल टीएमटी लुम्बिनी यात्रीजका ६६ रन बनाएका विशाल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।

Next Post

विद्यालयस्तरिय तथा जिल्लास्तरिय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

४ बैशाख २०७५, मंगलवार २०:१३
सदरलाइनडटकम ४ बैशाख, नेपालगन्ज : शिक्षा विकास तथा समन्वय ईकाई बाँकेको आयोजनामा विद्यालय स्तरिय तथा जिल्ला स्तरिय प्रतिभा पहिचान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्जको जयबागेश्वरी माविमा आयोजना गरिएको सो कार्यक्रममा माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुका बीचमा भाषा साहित्य, गणित, विज्ञान, सृजनात्मक अभिव्यक्ति शिलकला (नृत्य, गायन) र विविध जस्ता विद्यामा […]