कारको ठक्करबाट दाङमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १४:२३
 

नेपालगञ्ज : दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौरा चोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई आइतवार राती करिब पौने १० बजे ठक्कर दिएको थियो ।


घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाडीको ठक्करबाट बाँकेमा दुईजना घाइते

२७ असार २०७९, सोमबार १४:२३
नेपालगञ्ज : बाँकेको कोहलपुरमा सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । रोल्पा माडी गाउँपालिकाको रा १ झ १७६ नम्वरको सरकारी गाडीले भे ५ प ५३०८ नम्बर को मोटरसाइकललाई कोहलपुर पिपल चौतारा नजिकै ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक नेपालगञ्ज–११ की १५ वर्षीया ममता ढकाल र पछाडी सवार १३ […]