नेपाली मोबाइल फोन प्रयोग गर्दै नरैनापुरबासी

२८ माघ २०७५, सोमबार १०:५९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : भारतीय टेलिफोन कम्पनीको मोबाइल फोनमा भर पर्दै आएका नरैनापुर गाउँपालिकाका स्थानीयले नेपाली मोबाइल फोन प्रयोग गर्न थालेका छन् ।
यहाँ नेपाली टेलिफोन सेवा प्रदायक कम्पनीले सञ्चालन गरेको मोबाइल फोन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । नेपाली मोबाइल कम्पनीले सञ्चालन गरेको मोबाइल सेवा नेटवर्कले राम्रोसँग काम गर्न थालेपछि प्रयोगकर्ताको संख्या बढेको हो ।
नेपाल टेलिकमले चौबिसै घण्टा मोबाइल नेटवर्कको व्यवस्था गरेपछि पछिल्लो समय नेपाली मोबाइल फोनको प्रयोगकर्ता बढेको नरैनापुर गाउँपालिका–५, मटेहियाका मोहम्मद सफिक बेहनाले बताए ।
बघौडा भनेर चिनिने नरैनापुर गाउँपालिका विकासको हिसाबले बाँकेको कर्णाली भनेर चिनिन्छ । भारतीय टेलिफोनमा निर्भर रहेको नरैनापुर गाउँपालिकाको कार्यालयका साथै छ वटै वडामा इन्टरनेट सेवा पुगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कामकाजमा सहजता ल्याउन सबै वडा कार्यालयमा इन्टरनेटको ब्यवस्था गरिएको बताए । उनले इन्टरनेट प्रयोग गर्न नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको बताए । इन्टरनेट बिस्तारसँगै गाउँपालिकाले इ–बिडिङमार्फत टेण्डर हाल्ने व्यवस्था मिलाएको छ ।

Next Post

सुरक्षा बलको कारबाहीमा कश्मीरमा पाँच लडाकुको मृत्यु

२८ माघ २०७५, सोमबार १०:५९
सदरलाइनडटकम, काठमाण्डौ : भारत प्रसाशित कश्मीरमा भारतीय सुरक्षा बलको कारबाहीमा ५ लडाकु मारिएका छन् । कश्मीरको कुलगाम क्षेत्रमा सरकारी सुरक्षा बल र कश्मीरी लडाकुबीच भएको भिडन्तमा ५ लडाकु मारिएका हुन् । लडाकु लुकेर बसेको सूचनाका आधारमा भारतीय प्रहरी, राष्ट्रीय राइफलको एकाई र विशेष फौजले त्यस क्षेत्रमा संयुक्त कारबाही गरेको थियो […]