नेपालगञ्जमा साइकल लेन बनाइने : मेयर विष्ट

सदरलाइन संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १६:४२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा साइकल लेन बनाउने कामको सुरुवात गर्ने बताएका छन् ।

नेपालगञ्ज साइक्लिङ क्लबले विश्व साइकल दिवसका अवसरमा आयोजना गरेको साइकल र्यालीको शुक्रवार विहान शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा तत्काल थोरै भएपनि साइकल लेन बनाउन सरोकारवालासंग छलफल गरेर बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाए ।


उनले साइक्लिङ मार्फत् स्वस्थ जनशक्ति पैदा हुँदा राज्यलाई फाइदा हुने बताए । प्रदुषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेको भन्दै उनले विश्वव्यापीरुपमा देखिएको इन्धन संकट टार्न साइकल उपयुक्त साधन भएको उल्लेख गरे । नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले नेपालगञ्जमा साइकल लेन बनाउन जरुरी रहेको भन्दै नगर प्रमुख विष्टको ध्यानाकर्षण गराएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडिबाट शुरु भएको साइकल र्याली पुष्पलाल चोक, बसपार्क, कान्ति ताल, हडियाबाबा मन्दिर हुँदै भेरी अस्पताल परिसरस्थित रक्तसञ्चार केन्द्रमा पुगेर समापन भएको सचिव प्रदिक सापकोटाले जानकारी दिए । दिवसकै अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेलाई ४ अर्ब १५ करोड ७३ लाख बजेट

२० जेष्ठ २०७९, शुक्रबार १६:४२
नेपालगञ्ज : संघीय सरकारले ल्याएको बजेटमा बाँकेले ४ अर्ब बढि बजेट पाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बाँकेले कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट पाएको हो । बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन भएको हो । बाँकेमा सबैभन्दा बढि […]

सम्बन्धित