सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशमा ५९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार शुक्रवार थपिनेमा १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जना छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या २७ पुगेको छ ।
