राज्यमन्त्री विमला वलीद्वारा राजिनामा

सदरलाइन संवाददाता १५ असार २०७९, बुधबार १५:४३
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।


उक्त समिति दाङ पुगेर छानविन गरिसकेको छ । तर प्रतिवेदन अझै तयार भइसकेको छैन ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा वली तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुवानको निकास खोज्ज जेसिभीसहित मेयर विष्ट आफै फिल्डमा

१५ असार २०७९, बुधबार १५:४३
नेपालगञ्ज : नेपालगञ्जमा मंगलबार रातीदेखि परेको अविरल पानीको सहज निकासका लागि अवरुद्ध नाला खुलाउन नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट जेसिबीसहित फिल्डमा खटिएका छन् । नगर प्रमुख विष्ट गतरातीदेखि परेको अबिरल बर्षाका कारण ठाउँ–ठाउँमा जमेको पानीको निकासका लागि जेसिबीसहित आफैं फिल्डमा खटिएका हुन् । वडा नम्बर ४ र ६ का […]

सम्बन्धित