निरन्तरको वर्षाले दाङ देउखुरीका अधिकांश क्षेत्र जलमग्न

सदरलाइन संवाददाता २५ असार २०७९, शनिबार १४:२३
 

दाङ : लगातारको वर्षापछि दाङको देउखुरीका अधिकांश क्षेत्र जलमग्न भएका छन् । पानीको उचित निकास नभएपछि बस्तिमा पानी पस्न थालेको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय आसपासमा समेत पानी जमेको छ ।

राप्ती सानो नदीको बाढी बस्तिमा पसेपछि स्थानीय भोसु चौधरी र बहादुर चौधरीको कच्ची घरमा क्षति पुगेको छ । बाटो किनारका केही घरहरुमा पानी पसेको छ ।


वडा नम्बर ७ को छोट्की सिसहनियाँमा दुईवटा घरमा पानी पसेको छ । नवीन चौधरी र श्याम सुवेदीले सञ्चालन गरेको किराना पसल भित्र पानी पस्दा सामानहरु भिजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार आरोपी पुर्पक्षका लागि कारागार चलान

२५ असार २०७९, शनिबार १४:२३
नेपालगञ्ज : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए […]

सम्बन्धित