नेपालगञ्जमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

६ असार २०७६, शुक्रबार १५:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्व योग दिवस शुक्रवार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । विश्व योग दिवसका अवसमा नेपालगञ्जमा विभन्न कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट शुक्रवार बिहान ब्याण्डबाजासहित निस्केको र्यालीले नगरको परिक्रम गरी पुनः प्रशासन कार्यालयमा पुगेर योगाभ्यास गरिएको थियो । र्यालीमा योग गुरुलगायत योगप्रेमिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान, सरकारी तथा गैह्रसरकारी संघसंस्थाका प्रतिनिधी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।


संयुक्त राष्ट्रसंघले २०१६ मा हरेक वर्ष जुन २१ तारेखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘विश्व योग दिवस’ मनाइएको छ ।
हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरु गरेको योगमा १९५ वटा योगसूत्र समाहित छन् । योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ ।


Next Post

नरैनापुरको बाटो आठ मिटर चौडा गरिँदै

६ असार २०७६, शुक्रबार १५:३०
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरका ५ गाउँ जोड्ने ८ मिटर चौडा बाटो बनाउन शुरु गरिएको छ । करीब एक किलोमिटर लामो बाटो बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । अहिले करीब ४ किलोमिटर मात्रै चौडा बाटोलाई ८ मिटर फराकिलो बनाउन केही […]

सम्बन्धित

ताजा अपडेट