प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

सदरलाइन संवाददाता २३ कार्तिक २०७९, बुधबार १२:३४
 

नेपालगञ्ज : प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्युठान नगरपालिका–५ पूर्णा गाउँ कुना पानीमा मंगलवार राती साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्ति दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हमालको पक्षमा लहर बढ्दै

२३ कार्तिक २०७९, बुधबार १२:३४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का मतदाताले प्रदेश सभा २ (ख) सदस्य पदका उम्मेदवार सुरेन्द्र हमालले नै जनताको समस्या बुझ्ने भएकाले जिताउने प्रतिवद्धता जनाएका छन् । स्थानीयले प्रदेशदेखि केन्द्रसम्म पहुँच राख्ने सरल स्वभावका नेता भएकाले हमाललाई निर्वाचित गराउनुको विकल्प नभएको बताए । राजनीति बुझेको र विकास गर्न सक्ने […]

सम्बन्धित